विश्वभर कोरोना भाइरसबाट ४ करोड ४७ लाख ९२ हजार संक्रमित
द नेपाल मिडिया
१३ कार्तिक २०७७, बिहीबार १४:४०
१३ कात्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर बिहीबारसम्म चार करोड ४७ लाख ९२ हजारभन्दा बढी संक्रमित बनेका छन्।
कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार हालसम्म कोरोना संक्रमित भएकामध्ये ११ लाख ७९ हजार ५१९ को मृत्यु भएको छ।
साथै संक्रमितमध्ये हालसम्म ३ करोड २७ लाख ४२ हजार २२१ उपचारपछि स्वस्थ बनेका छन्। अहिले विश्वभर सक्रिय संक्रमित भने १ करोड ८ लाख ७० हजार ७२२ रहेको बताइएको छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका हो। अमेरिकापछि भारत, ब्राजिल, रुस र फ्रान्समा धेरै संक्रमित छन्।