भारतमा नयाँ कोरोना संक्रमितको संख्यामा कमी

   ८ कार्तिक २०७७, शनिबार १३:३९  

८ कार्तिक, रौतहट । भारतमा नयाँ कोरोना संक्रमितको संख्यामा लागातार दोस्रो दिन पनि कमी आएको छ ।

शुक्रबारको दिन भारतमा ५३ हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएको थियो ।

यस्तै, २१ अक्टुबरमा ५६ हजार २ सय ६४ जना संक्रमित थपिएका थिए, भने २२ अक्टुबरमा ५४ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ८ सय १ रहेको छ । यस्तै, हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या ७८ लाख १३ हजार ६ सय ६८ रहेको छ । जसमध्ये ७० लाख १३ हजार ५ सय ६९ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार २३ अक्टुबरसम्म भारतमा १० करोड १३ लाख ८२ हजार ५ सय ६४ जनाको परीक्षण भएको छ ।

शुक्रबार १२ लाख ६९ हजार ४ सय ७९ जनाको परीक्षण गरिएको थियो ।