अमेरिकी अन्तरिक्ष यानले ३० करोड किलोमिटर परको क्षुद्रग्रहलाई छोयो

   ५ कार्तिक २०७७, बुधबार १२:०६  

५ कात्तिक, रौतहट । अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्वकांक्षी मिशन अन्तरर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा क्षुद्रग्रहबाट नमुना सङ्कलन गर्ने काम पूरा गरेको छ ।

उक्त यान पाँच सय मिटर मात्र फराकिलो रहेको क्षुद्रग्रह बेनुसँग सम्पर्कमा आएको रेडियो सङ्केत ३३ करो किलोमिटर परबाट प्राप्त भएको हो ।  तर नाशाको उक्त मिशनले ओसाइरिस रेक्स यानले वास्तविक रुपमै नमूना सङ्कलन गरे–नगरेको थाहा पाउन थप विवरणहरुको प्रतिक्षा गर्नुपर्ने जनाइएको छ ।

दुई वर्षको यात्रा र अर्को दुई वर्ष उपयुक्त अवतरण गर्ने ठाउँको पहिचान गरेपछि नासाको उक्त यानले १६ सेकेन्ड लगाएर त्यहाँबाट केही नमूना लिएको छ। जुन २०२३ मा पृथ्वीमा आउनेछ।

बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ। बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ।

उक्त मिशनले कम्तिमा ६० ग्रामदेखि एक किलोजति नमूना लिने उद्देश्य राखेको थियो। अन्तरिक्षमा बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ।

नाशाका प्रशासक जीम ब्राइन्डेन्स्टाइनले ट्वीटमार्फत् चन्द्रमा पुगेको अपोलो कार्यक्रमपछि अन्तरिक्षबाट सबैभन्दा बढि नमूना ल्याइने बताए। ‘यदि सबै सोचेजस्तो भइदिएमा उक्त नमूनालाई वैज्ञानिकहरूले पुस्तौँपुस्तासम्म अध्ययन गर्नेछन्।’

बीबीसी