अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कोरोना संक्रमण

   १६ आश्विन २०७७, शुक्रबार ११:४१  

१६ असोज, रौतहट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

डोनाल्ड ट्रम्पले कोरोना भाइरस केही होईन् भन्दै मास्क समेत लगाउन नमानेका ट्रम्प र उनकी पत्नीलाई संक्रमण पुष्टि भएको हो । ट्रम्प ट्विट गर्दै आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन् ।

यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनी र पत्नी होम क्वारेन्टीनमा बसेको एजेन्सीहरुले बताएका छन् ।

कोरोना भाइरसका माहामारी अमेरीकामा विश्वमै सबै भन्दा धेरै ७४ लाख ९४ हजार बढी कोरोना संक्रमित पुगेका छन्, भने २ लाख १२ हजार बढीको मृत्यु भईसकेको छ ।