प्रशान्त महासागरीय द्वीपीय टोङ्गा नजिक शक्तिशाली भूकम्प

   १५ आश्विन २०७७, बिहीबार १७:०१  

१५ असोज, रौतहट । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो ।

टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन । प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।

एजेन्सी