चीनका पिएलए सैनिक अघि सरेमा भारतले गोली चलाउने चेतावनी
९ असोज, रौतहट । पिएलएका सैनिक अघि बढे भारतीय सैनिकले उनीमाथि गोली चलाउन सक्ने भन्दै भारतले चीनलाई चेतावनी दिएका हुन् ।
भारतीय शीर्ष अधिकारीले द हिन्दूको एक रिपोर्टमा सो कुरा भनेका हुन् । अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनुहुन्छ भने हामी गोली चलाउनेछौं । सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको छ ।’
गत पछिल्ला दिनमा पूर्वी लद्दाखमा ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको थियो ।
भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् । भारतीय अधिकारीले भारतले सीमामा आफ्नो बलियो उपस्थिती स्थापित गर्ने बताएको छ ।
उनले भने, ‘हाम्रो धारणा स्पष्ट छ, चीन पहिला आएको थियो त्यसैले चीन नै पहिले हट्नुपर्छ ।’
भारत र चीनका सैनिकबीच जूनमा गलवान घाटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्नो हताहट भएका सैनिकको संख्या जारी गरेको छैन । मिडिया रिपोर्टमा चीनका सैनिक मारिएको पनि दाबी गरिएको थियो ।
एजेन्सी