भारतीय गृहमन्त्री अमित शाहलाई श्वासप्रश्वासमा समस्या, पुनः अस्पताल भर्ना
२८ भादौ, रौतहट । भारतका गृहमन्त्री अमित शाहको शनिबार साँझ राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन् । पछिल्लो महिना उनी कोरोना पोजेटिभ पाइएका थिए र एक निजी अस्पतालमा भर्ती भएका थिए ।
रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । यद्यपि, थकान र शरीरमा दुखाइ कम नभएपछि उनी पुनः एम्स अस्पतालमा भर्ती भएका थिए । गत ३१ अगस्तमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
उनका निकटस्तका अनुसार शाहलाई फेरि श्वास लिन समस्या भएपछि एम्समा भर्ना गरिएको हो ।
एजेन्सी