फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पको धक्का
द नेपाल मिडिया
२२ भाद्र २०७७, सोमबार १३:४३
२२ भदौ, रौतहट । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६।३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रकाअनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
एजेन्सी