दैनिक ७६ हजार बढी संक्रमित भेटिन थाले, के भारतले ब्राजिललाई पछाडी छोड्छ ?

   १४ भाद्र २०७७, आईतवार १०:१२  

भदौं १४ ,रौतहट । शनिबार भारतमा कोरोनाका ७६ हनार ४ सय ७२ नयाँ संक्रमित थपिएका छन् । बिहिबार र शनिबार भेटिएका संक्रमितको तुलनामा यो थोरै कम हो ।

बिहिबार ७६ हजार ८ सय २६ संक्रमित भेटिएका थिए भने शुक्रबार ७६ हजार ६ सय ६५ संक्रमित फेला परेका थिए । तर लगातार यति ठूलो संख्यामा संक्रमित भेटिन थालेपछि संक्रमितको संख्यामा भारतले केही समयभित्र ब्राजिललाई उछिन्ने अनुमान गरिएको छ ।

ब्राजिलमा दैनिक रुपमा तीसदेखि ४० हजार संक्रमित भेटिने गरेका छन् ।

अमेरिकापछि ब्राजिल हाल कोरोनाभाइरसले सबैभन्दा प्रभाव पारेको देशको सूचीको दोस्रो स्थानमा छ । यहाँ कूल संक्रमितको संख्या ३८ लाख ४६ हजार रहेका छन् ।

यस्तै भारतमा कूल संक्रमितको संख्या ३४ लाख ६३ हजार रहेको छ ।

जानकारका अनुसार भारत सरकारले कोरोना परीक्षणको संख्या बढाएका कारण संक्रमितको संख्या धेरै देखिएको हो ।

कोरोनाद्वारा सर्वाधिक प्रभावित पाँच देशः

१। अमेरिका– ५९,५८,९०२ संक्रमितः १,८२,७१८ मृत्यु

२। ब्राजिल– ३८,४६,१५३ संक्रमितः १,२०,२६२ मृत्यु

३। भारत – ३४,६३,९७२ संक्रमितः ६२,५५० मृत्यु

४। रुस– ९,८२,५७३ संक्रमितः १६,९७७ मृत्यु

५। ६,२९,९६१ संक्रमितः २८,४७१ मृत्यु

बीबीसी