सामसङ ग्यालेक्सी नोट २० र नोट २०अल्ट्राकाे प्रि-बूकिङ्ग खुला, यस्ताे छ मूल्य र फिचर

   २९ श्रावण २०७७, बिहीबार १५:३९  

साउन २९, रौतहट सामसङ नेपालले ग्यालेक्सी नोट ट्वान्टी नोट ट्वान्टी अल्ट्राको प्रिबूकिङ खुल्ला गरेको हालै विश्वबजारमा सार्वजनिक गरिएको कम्पनीको फ्ल्यागशिप सिरिजका स्मार्टफोनको बूकिङसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको

ग्यालेक्सी नोट ट्वान्टी सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् यसमा प्रोगेमहरु सहजै खेल्न सकिन्छ यो फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो काम गर्न गेम खेल्नको लागि यसले थप सहजता प्रदान गर्ने बताइएको

यो फोन पावर प्रोडक्टिभिटीको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता रहेकाे कम्पनीले जनाएकाे

नेपालमा हाम्रा नोट फोनका ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ, किनकि नोट फोनको तुलनामा अरु फोनले त्यत्तिको कार्य गर्नै सक्दैन,’ सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणयरत्न स्थापितले भने

सामसङको पछिल्लो नोट सिरिजमा कार्य गर्ने शैली पृथक यसकोएस पेनको सहयोग एवं सामसङ नोटहरुमा भएका विशेषताहरुले कुनै पनि समयमा जहाँबाट पनि कार्य गर्ने स्वतन्त्रता प्रदान गर्न मिल्छ

एडभान्सएस पेनमा भएको पाँच नयाँएनिह्वेयर एक्सनले डिभाइसलाई टचलेस नेभिगेसनजस्तै होम स्क्रिनमा जान वा स्क्रिनसट लिन झनै सहज बनाउँछ ।सामसङ नोटका एपहरुको सहज एवं उपयोगी अनुभवः फोटो खिच्न, एडिट गर्न आफ्ना आइडियालाई शेयर गर्न सहयोग गर्दछ

सामसङ नोट एपहरुमा अटोसेभ तथा सिंकिङ्ग क्षमताहरु पनि रहेका छन् यसमा तपाईंले हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्दछ

साथै पिडीएफमा भएका विषयवस्तलाई सहजै हाइलाइट गर्न पनि सकिन्छ तपाईंले सामसङ नोट एपमा भएका टेक्स्टहरुलाईपिपीटीएसमा सहजै रुपान्तरण गर्न सक्नुहुन्छ ।साथै नोटको रुपमा अडियोलाई राख्न पनि सकिन्छ यसका सबै विषयवस्तुहरुलाई व्यवस्थित रुपमा फोल्डरहरुमा भण्डार गर्न पनि सकिन्छ सहजै आवश्यकता भएको बेला पाउन सकिन्छ

माइक्रोसफ्टकोयोर फोनविन्डोज इन्टिग्रेशनको साथ अब तपाईले आफ्नो फोनलाई विनारोकावट विन्डोज १० भएको कम्प्युटरबाट सहजै एक्सेस गर्न सक्नुहुन्छ

अझै सहज रुपमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न फोटोहरु सिङ्क गर्न फोन गर्न आगमन फोनलाई उठाउन सकिन्छ

आफूलाई मनपरेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिन्छ, यसले गर्दा तपाइँले आफ्नो फोनमा आफूलाई मनपर्ने सोसियल नेटवर्किङ्ग एप वा ग्यालरी खोज्न पर्दैन

सामसङ डेक्सको साथ पहिलोपटक ग्यालेक्सी नोछ ट्वान्टी सिरिजका फोनहरुलाई स्मार्ट टिभीमा सहजै कनेक्ट गर्न सकिन्छ यसरी कनेक्ट गरेर ठूलो स्क्रीनमा आफूलाई मनपरेको विषयवस्तु हेर्न वा खेल्न सकिन्छ

साथै दुईवटा स्क्रीनलाई व्यवस्थित रुपमा सञ्चालन गरी एकैपटक स्मार्ट टिभीमा भिडियो हेर्न सँगै साथीलाई म्यासेज पठाउन पनि सकिन्छ

पुरै शक्तिशाली गेमिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले यस फोनको इन्जिनियरिङ्ग निर्माण गरेको यससँगै तपाइँले प्रोलाइक गेमहरु कहीँ पनि खेल्न सक्नुहुन्छ

ग्यालेक्सी नोट ट्वान्टीको नेपाली बजारमा एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ तोकिएको भने ग्यालेक्सी नोट ट्वान्टी अल्ट्राको बजार मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको

ग्यालेक्सी नोट ट्वान्टी तथा ग्यालेक्सी नोट ट्वान्टी अल्ट्रा फोन साउन २८ गतेदेखि भदौ १२ सम्म ग्राहकहरुले सामसङ ब्राण्डसप मार्फत तथा रिटेल स्टोरहरुबाट बूकिङ गर्न सक्नुहुने

यी फोन प्रिअर्डर गर्दा सामसङले विभिन्न आकर्षक गिफ्ट छुटसमेत प्रदान गर्ने जनाएको

अग्रिम अर्डर गर्ने ग्राहकहरुलाई एकपटकको टुटफुटमा एनएलजी इस्युरेन्सबाट एक वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ