आजदेखि इंग्ल्यान्ड पाकिस्तान दोस्रो टेस्ट
साउन २९,रौतहट । इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट बिहीबार सुरु हुँदै छ । तीन टेस्टको सिरिजमा इंग्ल्यान्ड १–० ले अगाडि छ । उसको लक्ष्य दोस्रो टेस्ट जितेर सिरिज कब्जा गर्ने हुनेछ ।
इंग्ल्यान्ड आफ्ना स्टार खेलाडी बेन स्टोक्सविना मैदानमा उत्रँदै छ । पारिवारिक कारणले उनी इंग्ल्यान्ड छाडेर न्युजिल्यान्ड पुगिसकेका छन् ।
स्टोक्सविना खेल्दा इंग्ल्यान्ड दबाबमा रहन सक्नेछ ।स्टोक्सले तेस्रो टेस्ट पनि खेल्नेछैनन् । उनको स्थानमा घरेलु टिमका लागि ज्याक क्रोउलीले खेल्ने अनुमान गरिएको छ ।
म्यानचेस्टरमा भएको पहिलो टेस्ट इंग्ल्यान्डले तीन विकेटले जितेको थियो ।






