भारतीय पूर्वराष्ट्रपति कोमामा

   २९ श्रावण २०७७, बिहीबार १३:२७  

साउन २९, रौतहट । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाईरसका संक्रमण भएपछि कोमामा राखिएको छ । आज बिहान नयाँ दिल्लीस्थित उनको उपचार भईरहको आर्मी रिसर्च एण्ड रेफलर हस्पिटलले उनलाई कोमामा राखिएको जानेकारी दिएको हो । अहिले  समान्य अवस्था रहेको अस्पतालले जनाएको छ ।

गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो ।

गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको बताएका थिए ।

उनका परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन । उनीहरुले पछिल्लो समय मुखर्जीको स्वास्थ्य अवस्थाबारे धेरै हल्ला फैलिरहेको पनि उल्लेख गरेका छन । मुखर्जी सन २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

स्रोत; हिन्दूस्तान टाइम्स