पहिरोमा परेर भारतको मणिपुरमा २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

   १९ असार २०७९, आईतवार १२:१४  

१९ असार, एजेन्सी । भारतको मणिपुरमा पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन् । मणिपुरस्थित नोने जिल्लामा गत बुधबार (२९ जून) को पहिरोमा परी ज्यान गुमाउनेहरुको संख्या २५ पुगेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पहिरोमा परेर बेपत्ता भएको ३८ जनाको घटनास्थलमा खोज र उद्धारको काम अझै जारी नै रहेको छ ।
मृत्युहरुको शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् ।

पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेसंगै रेलवे निर्माणमा संलग्न भएका थिए ।

तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । एजेन्सी