गत फेब्रुअरीदेखि सुरु भएको रुस र युक्रेनबीच युद्धबन्दी साटासाट
१६ असार, एजेन्सी । रुस र युक्रेनले गरे युद्धबन्दी साटासाट हुने भएको छ ।
दुवै पक्षले आफ्ना १४४ बन्दीहरू अर्को पक्षलाई दिएका हुन् । गत फेब्रुअरी महिनामा द्वन्द्व शुरू भएपछिको यो सबभन्दा ठूलो बन्दी साटासाट हो । युक्रेनको सैन्य गुप्तचर सेवाले साटासाटको पहिलो घोषणा गरेको थियो ।
मरिउपोलमा आत्मसमर्पण गरेका नवनाजी आजोभ रेजिमेन्टका ४३ जना लडाकूलाई पनि रुसले युक्रेनलाई सुम्पेको छ । मस्कोले यसबारेमा केही नभने पनि डोनेत्स्क जनगणतन्त्रका प्रमुख डेनिस पुशिलिनले यसको पुष्टि गरे ।
‘शत्रुको कब्जामा रहेका डोनेत्स्क जनगणतन्त्र तथा रुसका १४४ लडाकूहरू आज घर फर्किरहेका छन्,’ पुशिलिनले सामाजिक सञ्जालमा लेखे हुन् । यस्तै, रुस र युक्रेनले एकअर्काका अनेकौं सैनिक नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
जुन महिनाको आरम्भमा मस्कोले आफ्नो हिरासतमा ६५ सय युक्रेनी लडाकूहरू रहेको बताएको थियो । अहिलेसम्म दुई देशबीच ११ चरणमा बन्दी आदानप्रदान भएको छ । एजेन्सी