भारतको उत्तर प्रदेशमा ट्रकमा बस ठोक्किदाँ ४ जनाको मृत्यु, २९ जना घाइते
द नेपाल मिडिया
७ असार २०७९, मंगलवार १२:०४
७ असार, एजेन्सी । भारतको उत्तर प्रदेशमा यात्रु बाहक बस ट्रकमा ठोक्किदाँ ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
उत्तर प्रदेशको कुशीनगरको हाता कोतवाली नजिकै रोकि राखेको ट्रकमा यात्रु बाहक बस ठोक्किएपछि ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
तीव्र गतिका कारण आज बिहान २ बजेतिर ट्रकमा बस ठोक्किदाँ दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते भएका २९ जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
बिहारको मधेपुराबाट मजदुर लिएर पञ्जाब जाँदै गरेको बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका सबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी