कोरोना भए नभएको पत्ता लगाउने मोबाइल एपको विकास
६ असार, एजेन्सी । तीव्र रुपमा संसारभरी फैलिएको कोरोना संक्रमण भए नभएको मोबाइल एपको विकास वैज्ञानिकहरूले गरेका छन् । रेसएप नाम दिइएको यो एपले प्रयोगकर्ताको खोकीको आवाज विश्लेषण गर्न मसिन लर्निङको प्रयोग गर्दछ ।
डेलिमेलका अनुसार कोभिड १९ को संक्रमण भएका व्यक्तिहरूमा परीक्षणका क्रममा यो एपले ९२ प्रतिशत सही नतिजा दिएको थियो ।
‘विश्व महामारीको यो लगातार रुपमा विकसित हुँदै गएको प्रकोपले गर्र्दा यापिड एन्टिजेन तथा पीसीआर टेस्टमाथिको हाम्रो अत्यधिक निर्भरतालाई सन्तुलनमा राख्न सक्ने प्रभावकारी टुलको आवश्यकता छ,’ रेसएपको कोभिड साइन्टिफिक एड्भाइजरी बोर्डका एक सदस्य रहेका प्रोफेसर क्याथरिन बेनेट भन्छन् ।
‘तीव्र रुपमा बढ्दै गएको कोभिड १९ सँगै रेसएपले कोभिड १९ परीक्षणका लार्गि यापिड एन्टिजेन तथा पीसीआर परीक्षणको आवश्यक सङ्ख्यालाई उल्लेखनीय रुपमा घटाउन सक्छ । जब कि हामीलाई अहिले पनि कोभिड १९ को प्रभावलाई व्यवस्थापन गर्दै यो रोगमाथिको निगरानी कायम गर्नुपर्ने बेला छ ।’
रेसएपले खोकीमा हुने खास सङ्केत पहिचान गर्न मसिन लर्निङको प्रयोग गर्दछ । डेभलपरले अमेरिका र भारतका ४४६ कोभिड १९ संक्रमित सहित ७४१ जनामा यो एप परीक्षण गरेको थियो ।
सहभागीहरूले अनुभव गरेका कुनै पनि लक्षणहरूमा रहेर सर्भे पूरा गरी एप इन्स्टल गरिएको स्मार्टफोनमा खोकेका थिए । नतिजामा एपले संक्रमण भएका ९२ प्रतिशत व्यक्तिहरूमा ९२ कोभिड १९ रहेको पत्ता लगाएको थियो ।
रेसएपका सीईओ तथा प्रबन्ध निर्देशक टोनी कियटिङले थप्दै भनेका छन्, ‘स्मार्टफोनमा खोकीको अडियो रेकर्ड गरी कोभिड १९ पत्ता लगाउन सकिने यी प्रारम्भिक नतिजाबाट हामी निकै उत्साहित छौँ ।’ रासस






