नेपाल आइपुगे दुबईका राजकुमार
द नेपाल मिडिया
४ असार २०७९, शनिबार १३:४५
४ असार, रौतहट । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन् । नेपाल भ्रमणका लागि शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम शनिबार आइपुगेका हुन् ।
काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन् । राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए ।
उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।