असारको पहिलो सातामै पूर्वराजा ज्ञानेन्द्र थाइल्यान्ड जादैँ
३० जेठ, रौतहट । असारको पहिलो सातामै पूर्वराजा ज्ञानेन्द्र शाह विदेश जान लागेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र ७५औं वर्ष पूरा हुनलाग्दाँ फेरि विदेश जान लागेका हुन् । स्रोतका अनुसार असारको पहिलो सातमै थाइल्यान्ड जाने भएका छन् । उनी त्यहाँ केही समय बसेर जन्मदिन मनाउन भने स्वदेश नै फर्कने बताईएको छ ।
थाइल्यान्डको बैंककमा शाहले महत्वपूर्ण भेटघाट पनि गर्ने विश्वस्त गरेको स्रोतले जनाएको छ । थाइल्यान्डबाट फर्किएपछि शाहले केही समय काठमाडौं बाहिर भ्रमण गर्ने समेत तयारी भएको छ ।






