उत्तराखण्डमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु
२४ जेठ, एजेन्सी । भारतको उत्तराखण्डको उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके–०४ १५४१ नम्बरको बस अनियन्त्रत भएर सडकबाट खाल्डोमा खस्दाँ दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा परेर बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । बसमा सवार भएका यात्रुहरु चारधाम यात्रामा निस्केका थिए ।
घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । एजेन्सी






