वृक्षारोपण गरेर आज विश्व वातावरण दिवस मनाईदैँ

   २२ जेष्ठ २०७९, आईतवार ११:४२  

२२ जेठ, रौतहट । विश्व वातावरण दिवसको अवसरमा आज नेपालसहित विश्वभर वृक्षारोपण कार्यक्रम गरेर मनाइदैँ छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाइँदैछ । विश्वभरसहित नेपालमा पनि सरोकारवालाले आ(आफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाउँदै छन् ।

बिग्रदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न चुनौतीको सामाना गर्न आइतबार बिहानै देखि विभिन्न कार्यक्रम गरी वृक्षारोपण गरिदैँ छ ।