वैशाख ९ गते चार अमेरिकी सिनेटर भ्रमणमा नेपाल आउँदै
६ वैशाख, रौतहट । वैशाख ९ गते (शुक्रबार) चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ ।
डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन् । उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउने भएका छन् ।
नेपालसँगै उनीहरू पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सिनेटरको टोली आउन लागेको जनाएकी छिन् । अमेरिकी सिनेटरको टोली ९ गते आएर ११ गते स्वदेश फर्किने समेत लम्सालले बताइन् ।






