श्रीलंकामा आजदेखि सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

   २० चैत्र २०७८, आईतवार १२:४६  

२० चैत, एजेन्सी । श्रीलंकामा आजदेखि सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ ।

आर्थिक संकटबाट गुज्रिरहेको बेला श्रीलंकामा फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो ।

कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले यस्तो प्रतिबन्ध लगाएको छ । श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो ।

संकटकालसँगै सरकारले शनिबार साँझ देशभरि ३६ घन्टे कफ्र्यू लगाइएको थियो । एजेन्सी