तीन दिने भ्रमणमा आज भारत जाँदै प्रधानमन्त्री देउवा

   १८ चैत्र २०७८, शुक्रबार ११:०६  

१८ चैत, रौतहट । तीन दिने भ्रमणको लागि आज प्रधानमन्त्री शेरबहादुर देउवाले भारत प्रस्थान गर्दै छन् ।

नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार दिउँसो १ः२५ बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्ली प्रस्थान गर्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल सोही एयरलाइन्सबाट चैत २० गते (आइतबार) साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।