सिंगापुरले लगाए रुसमाथि आर्थिक प्रतिबन्ध

   २१ फाल्गुन २०७८, शनिबार १२:४४  

२१ फागुन, एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा सिंगापुरले रुसमाथि प्रतिबन्धको घोषणा गरेको छ । सिंगापुरले रुसबाट सामान आयातमा सीमा लगाउने र केही रुसी बैंकमा पनि प्रतिबन्ध लगाउने बताएको छ ।

यसबाहेक सिंगापुरले रुस र रुसको केन्द्रीय बैंकसँग सहकार्य गर्न सक्ने कुनै पनि वित्तीय संस्था र क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले यसअघि संसदमा भनेका थिए, ‘सिङ्गापुरले रुसविरुद्ध उचित प्रतिबन्ध लगाउन समान विचारधारा भएका देशसँग मिलेर काम गर्ने लक्ष्य राखेको छ ।

क्षेत्रीय छिमेकीहरू माझ प्रतिबन्ध लागू गर्ने पहिलो देश सिंगापुर हो । एजेन्सी