उत्तर प्रदेशको कुशीनगरस्थित इनारमा खसेर १३ जनाको मृत्यु, २ को अवस्था गम्भीर
५ फागुन, एजेन्सी । भारत उत्तर प्रदेशको कुशीनगरस्थित नौरंगिया टोला गाउँपालिकामा ईनारमा खसेर १३ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएका अनुसार इनारमा खसेर ११ जनाको घटनास्थलमै मृतयु भएको छ, भने दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्युहुनेमा बालबालिका र महिला रहेकी हुन् ।
सोही घटनामा परेर घाइते भएका अन्य दुई जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
बुधवार राति करिब ८ बजेतिर विवाहमा सहभागी भएकाहरु इनारमा खसेको सरकारी अधिकारीहरूले बताएका छन् ।
पुरानो इनारमा ढाकिएको स्ल्याबमा बस्दा स्ल्याबले तौलले धान्न नसक्कि भाँचिइएपछि उनीहरु इनारमा खसेका थिए ।
घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने जिल्ला न्यायाधीशले बताएका छन्, साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनमा समावेदना प्रकट गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । एजेन्सी






