अवैध केराउसहित एक भारतीय पक्राउ
२५ माघ, कपिलवस्तु । केराउसहित एक भारतीय नम्बरको ट्रकलाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
५ हजार किलो केराउसहित सोमबार राति यशोधरा गाउँपालिका वडा नम्बर ७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको युपी ५५ टी २२९५ नम्बरको ट्रकलाई प्रहरीले हिरासतमा लिएको हो ।
सीमामा सवारी चेकजाँच गर्ने क्रममा ट्रकबाट ५ हजार किलो केराउसहित ट्रक चालक भारतको सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरिलाई नियन्त्रणमा लिएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
करिब १७ लाख मूल्य बराबरको केराउसहित पक्राउ परेको धनप्रकाशमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






