नेपाललाई १० लाख सिरिन्ज चिनबाट सहयोग

   ६ माघ २०७८, बिहीबार १५:३८  

६ माघ, रौतहट । नेपाललाई अनुदान स्वरुप चीनले १० लाख सिरिन्ज पठाएको छ ।

चीन सरकारले सहयोग गरेको १० लाख सिरिन्ज आज तातोपानी नाकाबाट नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

चीनले अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख तातोपानी भन्सारबाट प्रवेश गरिसकेको छ भने अझै १० लाख आउन बाँकी रहेको छ ।

आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाका अनुसार करिब साढे २ करोड सिरिन्ज आउने भएको छ । कोरोना भाइरस विरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज हाल नेपालमा ४६ लाख ८४ हजार स्टक रहेको छ ।

स्टकमा सिरिन्ज भएपनि सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको थापाले जनाएको छ ।