तीर्थालु सवार भएको बस दुर्घटना हुँदा २२ जना घाइते

   १७ कार्तिक २०७९, बिहीबार १४:४४  

१७ काक्तिक, नवलपरासी । तीर्थालु सवार भएका बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

तीर्थालु बसेको बस नवलपरासीमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । नवलपरासीको बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका ९ स्थित जयश्रीपुल नजिकै भारतीय तीर्थालु सवार भएको बस आज बिहान ५:१५ बजेतिर दुर्घटना हुँदा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भारतको गुजरातबाट पशुपति दर्शनका लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको पल्टिएर दुर्घटना भएको थियो ।

घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।