प्रधानमन्त्री कप टी–ट्वान्टी एपीएफ क्लबले जिते
५ माघ, रौतहट । आज भएको फाइनल खेलमा प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।
नेपाल पुलिस क्लवलाई २१ रनले हराउदैँ एपीएफ क्लव विजय भएको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो ।
जितका लागि एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सकेका थिए । पुलिसका दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।






