ओमिक्रोनलाई सामान्य भेरिएन्ट नठान्नु; डब्ल्यूएचओ
५ माघ, एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट (ओमिक्रोन)लाई सामान्य ठान्नु भ्रम रहेको विश्व स्वास्थ्य संगठनका प्रमुखले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा। टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई सामान्य भेरियन्ट नठान्नु जनाएका हुन् । ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको र अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भ्रम रहेको बताएका छन् ।
ओमिक्रोनको संक्रमण फैलिएसंगै अस्पतालमा बिरामीहरुको चाप बढ्दै गएको छ । संक्रमणदर तीव्र भएसंगै मृत्यु दरसमेत बढेको विश्व स्वास्थ्य संगठनका प्रमुखले जनाएका छन् । गेब्रेयससका अनुसार सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड भएको छ ।
गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनीसमेत दिएका छन् ।
विश्व नेतालाई चेतावनी दिँदै उनले भने, ‘संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ-नयाँ भेरियन्ट देखिन सम्भावना रहेको छ र यही कारण निगरानी तथा मूल्याङ्कन गर्न आवश्यक छ ।






