अफगानिस्तानमा भएको भूकम्पमा परी २६ जनाको मृत्यु
४ माघ, एजेन्सी । अफगानिस्तानमा भएको भूकम्पकोमा परी करिब २६ जनाको मृत्यु भएको छ ।
पश्चिमी अफगानिस्तानमा सोमबार भएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौँ घरमा क्षति पुगेको अल जजिराले जनाएको छ।
५.३ म्याग्निच्युडको भूकम्पका कारण प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई जानकारी दिए ।
भूकम्पमा ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला र चार बालबालिका रहेका समेत प्रवक्ताले उल्लेख गरेका छन् । पहिलो भूकम्पको दुई घन्टापछि सोही क्षेत्रमा ४.९ म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो । एजेन्सी






