प्रधानमन्त्री कप : आज चार खेल हुदैँ
३० पौष, रौतहट । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज शुक्रबार चार खेलहरु हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई तथा मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् । टियु मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब साथै दोस्रो खेलमा प्रदेश २ र बाग्मति प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ए मा रहेको कर्णाली चौंथो स्थानमा छ भने पुलिस शीर्ष स्थानमा रहेको छ । समूह बी मा रहेको प्रदेश २ चौथो स्थानमा रहेको छ भने बागमती दोस्रो स्थानमा रहेको छ ।
यस्तै, मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेशबीच भिड्नेछन् भने दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।
समूह ए को आर्मी दोस्रो स्थानमा छ भने सुदुरपश्चिम तेस्रो स्थानमा रहेको छ । समूह बी मा रहेको एपीएफ ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै, लुम्बिनी २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।






