एमसीसीविरुद्ध प्रदर्शन
१८ पुस, रौतहट । “एमसीसी सम्झौता राष्ट्रघाती हो” भन्दैँ काठमाडौँमा आज विरोध प्रदर्शन भएको छ ।
एमसीसी देशको हितमा नरहेको भन्दैँ नेकपा क्रान्तिकारी माओवादी लगायतका २२ राजनीतिक दल आइतबार काठमाडौँको माइतीघर मण्डलामा विरोध गरेका हुन् ।
संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले निरन्तर दिइरहेको दबावलाई रोक्न प्रदर्शनको आयोजना गरिएको २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले जनाए ।






