भारतमा थपिए १२७० ओमिक्रोनको संक्रमित
१६ पुस, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७६४ जना कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा कोरोना संक्रमणका कारण २२० जनाको मृत्यु भएको छ ।
यस्तै, मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा ७५८५ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ भने ओमिक्रोन भेरियन्टबाट संक्रमितको संख्या पनि थपिदैँ गएका छ ।
एकै दिन भारतमा ओमिक्रोन भेरियन्टको १२७० जना संक्रमित भेटिएका छन् ।
यससँगै भारतमा ३ करोड ४८ करोड भन्दा धेरै मानिस संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाका कारण ४ लाख ८१ हजार ८० जनाको मृत्यु भएको छ ।






