शक्तिशाली टोर्नेडोबाट बचे दुई शिशु

   १० पुष २०७८, शनिबार १३:१७  

बीबीसी । अमेरिकाको कन्टकी राज्यमा गत साता आएको शक्तिशाली टोर्नेडो अर्थात् आँधीबेहरीले धनजनको ठूलो क्षति गरेको छ।

यद्यपि त्यहाँ उद्धारकर्मीले भग्नावशेषमुनि दुई शिशुलाई जीवितै उद्धार गरेका छन्।

आँधीले प्रहार गर्नुअघि ती शिशुलाई उनीहरूकी हजुरआमाले एउटा कम्बलले बेरेर बाथटबमा राखिदिएकी थिइन्। तीव्र वेगमा आएको आँधीले टबलाई घरबाट उडाएर बगैँचामा पुर्‍याइदिएको थियो।

उद्धारकर्मीहरूले भग्नावशेषमुनि ती शिशुलाई फेला पारे। हजुरआमासँग भेट गराएर उनीहरूलाई अस्पताल लगियो।