लुधियानाको अदालतमा विस्फोट, २ जनाको मृत्यु

   ८ पुष २०७८, बिहीबार १६:२७  

लुधियाना । भारतको पञ्जाब राज्यको लुधियानास्थित एक अदालतमा आज (बिहीबार) दिउँसो बिस्फोट भएको छ।

लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएको भारतीय संचार मन्ध्यमले जनाएको छ । घाइते चार जनाको अवस्था निकै गम्भीर रहेको जनाइएको छ।

उक्त क्षेत्रमा प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। बिस्फोटको विषयमा थप अनुसन्धान भैरहेको छ।