केनका ह्याट्रिकमा इंग्ल्यान्डलको सानदार जित

   २७ कार्तिक २०७८, शनिबार १२:५१  

२७ कात्तिक, रौतहट । कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित निकालेको छ ।

घरेलु मैदानमा इंग्ल्यान्डले अल्वानियामाथि ५–० को सानदार जित निकाल्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको हो ।
ह्यारी मगाएर र जोर्डन हेन्डरसनले पनि गोल थपे । सबै पाँच गोल पहिलो हाफमा सम्भव भएको थियो ।

वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा ह्यारी मगाएरको गोलबाट अग्रता लिएको थियो । उनले रिस जेम्सको पासमा गोल गरेका थिए ।

यो जितपछि इंग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अब इंग्ल्यान्डलाई विश्वकपमा सोझै छनोट हुन १ अंकको खाँचो छ । इंग्ल्यान्डले छनोटको अन्तिम खेलमा सान मारिनोसँग सोमबार राति खेल्दैछ । पराजित अल्वानिया १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।