टी–ट्वान्टी विश्वकपः आज श्रीलंका र इंग्ल्याण्ड खेल्दै
१५ कात्तिक, रौतहट । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज श्रीलंका र इंग्ल्यान्ड खेल्दै छन् ।
श्रीलंका र इंग्ल्यान्ड बीचको खेल राति ७:४५ बजे हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा अपराजित रहेको छ ।
इंग्ल्यान्ड ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । श्रीलंकालाई हराएमा इंग्ल्याण्डले अन्तिम चारको यात्रा सुरक्षित गर्नेछ ।
उत्कृष्ट लयमा रहेको इंग्ल्यान्डले यस अघि वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो ।
श्रीलंका ३ खेलमा २ अंकसहित चौथो स्थानमा छ । आज इंग्ल्यान्डलाई हराएर श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।
श्रीलंकाले बंगलादेशलाई हराएको थियो भने दक्षिण अफ्रीका र अष्ट्रेलियासँग पराजित भएको थियो ।