रिहामुक्त हुनसाथ चुनाव प्रचारमा लागे लालू यादव

   १० कार्तिक २०७८, बुधबार १५:०९  

१० कात्तिक, रौतहट । जेलबाट रिहा भएका नेता लालूप्रसाद यादव चुनाव प्रचारमा लागेका छन् ।

भ्रष्टाचार आरोपमा जेल चलान भएका भारतको बिहारका नेता लालूप्रसाद यादव रिहामुक्त हुनसाथै बुधवार बिहारको तारापुरमा आयोजित चुनावी सभालाई नेता यादवले सम्बोधन गरेका भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सभालाई सम्बोधन गर्दै यादवले आफूले भारतीय जनता पार्टी (बीजेपी) सँग कहिल्यै सम्झौता नगर्ने बताए । ‘बीजेपीको राजमा रेल, जहाज सबै बेचिएको छ,’ उनले भने ।

मुख्यमन्त्री नितिश कुमार नेतृत्वको बिहार सरकारमाथि समेत नेता यादवले हमला गरेका छन् । एजेन्सी