भारतमा थपियो ५० हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित

   १५ श्रावण २०७७, बिहीबार १३:५०  

साउन १५, रौतहट । कोरोना भाईरस (कोभिड १९) का माहामारीबाट भारतमा बितेको २४ घण्तामा थप ५० हजारभन्दा बडी नयाँ संक्रमित थपिएको छ । नयाँ संक्रमित थपिएसंगै भारतमा कोरोना भाईरसको कारण संक्रमित हुनेहरुको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ ।

भारतको स्वाथ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाईरसका थप ५२ हजार १सय २३ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७७५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख २० हजार ५८२ संक्रमित निको भइसकेका छन ।

भारतमा बुधबार मात्र चार लाख ४६ हजार ६४२ नुमुना परीक्षण गरिएको थियो । अहिले भारतमा कोरोना भाइरसको परीक्षण गर्ने प्रयोगशालाको संख्या पनि एक हजार ३२१ पुगेको छ । जसमध्ये ९०७ सरकारी प्रयोगशाला र ४१४ निजी प्रयोगशाला परीक्षण भईरहेको छ ।