कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बूढानीलकण्डमा बस्दै
२८ साउन, रौतहट । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितीको बैठक आज बूढानीलकण्डमा बस्दै छ ।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजे आफ्नै निजी निवास बूढानिलकण्डमा बैठक बोलाएको स्रोतले जानकारी दिए ।
स्रोतका अनुसार बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका र चुनावको निर्देशितका प्रस्तुत गरिने बताइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनशनमा रहेकाले बैठक बूढानीलकण्ठ बस्न लागेको हो ।
आज बस्न लागेको बैठकको मुख्य विषय पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी रहेको स्रोतले बताए ।






