तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेको स्थायी कमिटी बैठक सुरु

   २५ श्रावण २०७८, सोमबार १३:४६  

२५ साउन, रौतहट । तुलसीलाल स्मृति प्रतिष्ठानमा बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बसेको स्थायी कमिटी बैठकले अगामी भदौँ २७र२८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सोही विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने स्रोतले जानकारी दिए । तर, स्रोतका अनुसार आज बसेको बैठकमा नेकपाका वरिष्ट नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरु सहभागी नहुने जनाइएको छ ।