आज बिहान माधव र प्रचण्डबीच छलफल
१९ साउन, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानै भेटघाट भएको छ ।
मंगलबार बिहान प्रचण्ड र माधवबीच सरकारमा सहभागिता लगाएतका विषयमा वार्ता भएको स्रोतले जनाएको छ । एमालेका दुई समूहबीच केही समय यता चर्किरहेको विवाद समाधान गर्न दोस्रो तहका नेता लागि परिरहेका छन्, भने देउवा सरकारले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ, चने एमाले अध्यक्ष केपी शर्मा ओली र माधवबीच भेटवार्ताको तयारी भइरहेको छ ।






