माओवादी केन्द्रले बोलाएको स्थायी कमिटी बैठक स्थगित
द नेपाल मिडिया
१८ श्रावण २०७८, सोमबार १२:२७
१८ साउन, रौतहट । नेकपा माओवादी केन्द्रले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो ३ बजेको लागि बोलाइएको बैठक स्थगित भएको हो । नेताहरुको व्यस्तताका कारण आजको बैठक अर्का सूचना नभएसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार आज बस्ने भनिएको बैठकबाट माओवादीले सरकारमा जाने नेताहरूको नाम टुंग्याउने तयारी गरेको थियो ।






