बालुवाटारमा सत्तारुढ गठबन्धनको कार्यदलको बैठक सुरु

   १८ श्रावण २०७८, सोमबार ११:५६  

१८ साउन, रौतहट । सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरु सहभागी गठबन्धन कार्यदलको बैठक बसेको छ ।

सोमबार बसेको बैठकमा कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का,डा. मिनेन्द्र रिजाल सहभागी भएको स्रोतले जनाइको छ ।

स्रोतका अनुसार गठबन्धनमा कांग्रेस, नेकपा माओवादी र जसपाबाट दुई दुई जना सदस्य सहभागि भएका हुन् । तर, आज बसेको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कुनै नेता सहभागी भएन् ।