एमालेले आज बोलाए स्थायी कमिटी बैठक

   १७ श्रावण २०७८, आईतवार ११:४७  

१७ साउन, रौतहट । नेकपा एमालेले आज दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको हो । एमालेमा आन्तरिक एकताका लागि यसअघि बोलाइएको बैठक स्थगित गर्दै आइतबारका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीका विवाद समाधान गर्ने पहल भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले एकअर्काको आलोचना गरेका छन् ।