कांग्रेसको पदाधिकारी बैठक बुढानीलकण्ठमा बस्दै
द नेपाल मिडिया
१४ श्रावण २०७८, बिहीबार १२:४२
१४ साउन, रौतहट । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बुढानीलकण्ठमा बस्न लागेको छ ।
पार्टीका सभापति तथा प्रधानमनत्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बिहीबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।
आज बोलाइएको बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने स्रोतले जानकारी दिए ।
यसअघि बुधबार पनि बसेको बैठकमा क्रियाशील सदस्यता सम्बन्धमा भएका केही कुराहरु नमिलेको बारे आज छलफल गर्ने बताइएको छ ।






