देउवालाई माधव पक्षको जवाफ; सरकारमा आउँदैनौं

   १३ श्रावण २०७८, बुधबार १३:०७  

१३ साउन, रौतहट । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूहरु सरकारमा नजाने बताएका छन् ।

सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए । देउवाले बुधबार बिहान बोलाएको बैठकमा माधव पक्षबाट डा। विजय पौडेल सहभागी थिए ।

बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । तर, हामी तत्काल सरकारमा आउने सम्भावना नरहेको र पार्टी एकताकै लागि प्रयास गरिरहेका डा. पौडेलले जनाए ।