ओली र भण्डारीबीच २ घण्टा छलफल
द नेपाल मिडिया
८ श्रावण २०७८, शुक्रबार १४:४८
८ साउन, रौतहट । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पदबाट हटेको दुई साता नपुग्दै ओली र भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि १ः४० सम्म छलफल भएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा २ घण्टामा भएको भेटवार्ता केको विषयमा हो, भन्ने हाल खुलेको छैन ।






