स्मृति प्रतिष्ठानमा एमालेको स्थायी कमिटी बैठक शुरु

   ३ श्रावण २०७८, आईतवार १३:०१  

३ साउन, रौतहट । नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ । आइतबार बोलाइएको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको स्रोतले जानकारी दिए ।

स्रोतका अनुसार सर्वाेच्चको परमादेशपछि, पदमुक्त भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संसद पुनस्र्थापना भैसकेपछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफल गर्नेका लागि आज बोठक बोलाइएको छ ।